काठमाडौं- नेकपा एमालेको दशौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकृत गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदन स्वीकृत गरेको एमाले नेता लेखराज भट्टले जानकारी दिएका छन्।
उनका अनुसार यसअघि प्रतिवेदनमा नेतृत्वसँग सम्बन्धित विषयसहित उठाइएका सबै विषय हटाइएको छ । त्यस्तै, मतभेदका विषयहरू पनि प्रतिवेदनबाट हटाइएको बताएका छन्।
उक्त प्रतिवेदनमाथि सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुने नेता भट्टले जानकारी दिएका छन् भने नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि बस्ने भएको छ ।































































