बाग्लुङ– हिन्दुहरुको महान् चाड बडादशैँको अवसरमा बागलुङका शक्तिपिठहरुमा पुजा गर्ने भक्तजनहरुको उपस्थिति बाक्लो बनेको छ ।
बागलुङको कालिका भगवती मन्दिर,भैरवस्थान,गल्कोटको कोट मन्दिर, जैमिनीको भगवती मन्दिर, निसीकोट लगाएका शक्तिपिठहरुमा पुजा गर्ने भक्तजनहरुको घुइचो लागेको छ ।
नवदुर्गा सुरु भएसगै शक्तिपिठहरुमा पुजा गर्नकै लागि भनि देशका बिभिन्न स्थानबाट आउने गरेका छन् । बिशेष गरि कालिका भगवती मन्दिरमा पुजा गर्ने भक्तजनहरुको उपस्थिति उल्लेखनिय हुने गरेको छ ।
मनले चिताएको पुग्ने भएको र दशै मनाउन घर आउने क्रममा बागलुङ प्रवेशद्धारा भएकै कारण पनि भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । बागलुङ कालिका मन्दिर हिन्दुहरुको आस्था र विश्वासको प्रतिकसगै बागलुङको सम्पदा रुपमा परिचित मन्दिरमा पुजा गर्न देशका बिभिन्न स्थानबाट आउने गरेका गरेका छन् ।
चार्डपर्वसगै बडादशैको अवसरमा मन्दिरमा पुजा गर्न आउने भक्तजनको चहलपहल बढिरहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए ।
कालिका मन्दिरमा पुजा गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । मन्दिरमा चैत्राष्टमीमा मेलासगै पुजा हुने गरेको भएपनि बडादशैमा विशेष नवदुर्गाको आराधना हुने गरेको छ । पुजा गर्न बागलुङ,पर्वत,म्याग्दी,कास्की चितवन पाल्पा लगाएका जिल्लाबाट आउने गरेका छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले १५९१ सालमा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाईजोको रुपमा ल्याएको देवीको मूर्ति त्यहाँ आएपछि त्यही नै प्रतिस्थापन गरेको किवंदन्ती रहेको छ ।
यही किवंदन्तीको रुपमा लिई आधार मानि कालिका मन्दिर पुजा हुने गरेको छ । यसले यस क्षेत्रको आर्थिक, सामाजिक एवम् पर्यटकिय गन्तव्यका रुपमा समेत विकास हुदै गएको छ ।


























































