काठमाडौँ– काठमाडौँको सीतापाइलामा चारवटा गाडीहरु आपसमा ठोक्किएर दुर्घटनामा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै गुडिरहेको बस, मोटरसाइकल, कार र डिआइ गाडी दुर्घटनामा परेका हुन्।
बा १६ च ६३३७ नम्बरको कार र बा.प्र ०२ ०३४ प ४३०२ नं. मोटरसाइकलसँगसँगै गुडिरहेको थियो। मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो।
त्यही बेला पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको कार्यालयका रविन कार्कीले बताए ।
कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डिआई गाडीमा पुन ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा ताप्लेजुङ सिजङगा गाउपालिका–४ घर भई हाल जिल्ला काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का रहेका छन् । हाल उनलाई मनमोहन अस्पतालमा लगिएको छ।
अन्य यात्रुहरू सबै सुरक्षित रहेको र सवारीसाधनमा भने क्षति पुगेको छ। क्षति भएका सबै गाडी प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा छ।


























































