बुटवल– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेयक फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलद्वारा जारी विज्ञप्तिअनुसार प्रमुख घर्तीले प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएका हुन् ।