काठमाडौँ– डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधीमैत्री उपकरण संचालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ«े बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्ड को सुविधा सगौरव संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


यस एम–कार्ड सेवामार्फत बैंकका ग्राहकले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । एम–कार्ड सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने बैंकको विश्वास छ ।

बैंकले हाल यो एम–कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो ः(ऋबचम जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

“हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने “एम–कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ” ।

माछापुच्छ«े बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम–कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।

यसरी गरौं पर्सनलाइज्ड

एम–कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहजरुपले कार्ड पर्सनलाइज्ड गरि आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्न सकिनेछ ।