काठमाडौँ– भारततले नेपाललाई दोस्रो खेप राहत सामाग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्‍याइएको हो । राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।

भारतले हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग गर्न तत्पर रहेको बताएको छ ।