काठमाडौँ– नेपाल एयरलाइन्सले प्रत्येक बुधबार उडान गर्ने भनेको काठमाडौं–रुम्जाटार–काठमाडौंको उडान यसपटक बिहीबार बिहानलाई सारेको छ । एयरलाइन्सले ओखलढुंगा रुम्जाटारको उडान बिहीबार बिहान ६:३० बजे समय निर्धारण गरेको छ । बिहीबारको उडानको सम्पूर्ण टिकट बिक्री भइसकेको एयरलाइन्सले जनाएको छ ।


ADVERTISEMENT


समिट एयरले चाहिँ दशैंको टिकाभन्दा अगाडि नै काठमाडौं–रुम्जाटार–काठमाडौंको उडान गर्ने ओखलढुंगाबाट निर्वाचत सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् । उनले भने, ‘समय तालिका सार्वजनिक भएको छैन, तर दशैंको टिका अगाडि नै समिट एयरले रुम्जाटार उडान भर्नेछ ।’


ADVERTISEMENT

# # #


गत असोज २० गतेबाट दुईवटा एयरलाइन्सले साताको दुई पटक काठमाडौं–रुम्जाटार–काठमाडौं उडान सुरु गरेका हुन् । झन्डै पाँच वर्षपछि सांसद खतिवडाको पहलमा रुम्जाटारमा उडान सुरु भएको हो । काठमाडौं–रुम्जाटारको भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय कायम गरिएको छ ।