काठमाडौँ– आफैँ पितृशोकमा परेका बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT


पछिल्लो अविरल वर्षाका कारण मन्त्री महर्जनको निर्वाचन क्षेत्रमा १५ जनाको मृत्यु भएको थियो । उनले सोही मृतकको परिवारको घर–घरमा गई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । यसका साथै उनी प्रभावित क्षेत्रमा आफै उपस्थित भएर प्रत्येक वडामा गई राहत वितरणमा समेत सक्रिय छन् ।


ADVERTISEMENT

# # #


सामाजिक कार्यमा रुची राख्ने मन्त्री महर्जनले २०७२ सालको माहामारी भुकम्पको बेला पनि ललितपुर क्षेत्र नम्बर १ मा प्रत्येक वडामा गई राहत वितरण गरेका थिए । त्यस्तै कोभिडको समयमा लकडाउनको बेलामा पनि आफ्नो ज्यानको प्रवाह नगरी खानाको अभाव भएका एवम् दैनिक ज्याला मजदुरीहरु निमुखा गरीब बिपन्न परिवारलाई घरघरमा गई राहत वितरण गरेको थियो।

केन्द्रिय सरकारले ललितपुरको गोदावरी नगरपालिका बागमती गाउँपालिका कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिका संकतग्रस्त घोषणा गरिसकेको छ। ललितपुर क्षेत्र नम्बर १ दोस्रो कर्णाली नै मानिन्छ। ४ वटा पालिकामा निकै क्षती भएको छ।