काठमाडौँ– अन्य उमेर समूहको तुलनामा बालबालिकाको समूह अत्यन्त संवेदनशील उमेर समूह हो । आफूले भनेको र चाहेकोजस्तो सबैखाले चीजहरु प्राप्त गर्ने हुदा यो समूह चाडबाडको समयमा अन्य समूहभन्दा बढी उत्साहित हुने गर्दछन् । यसर्थ, उनीहरुको निम्ति चाडबाड प्रत्येक इच्छा पुरा गर्ने एक बहारको रुपमा आउने गर्दछ ।
जसकारण उनीहरु प्रत्येक चाडपर्वहरुमा उत्साह पूर्वक रमाइलो मानी सोही अनुसार मनाउने गर्दछन् । चाडबाडकै बाहानामा अभिभावकहरुले पनि उनीहरुको इच्छा बमोजिम मन लागेका खानेकुराहरु खान छुट गर्दिएका हुन्छन् । तर उनीहरुका लागि यो कतिसम्म उचित हुन्छ तरु के चाडबाडका बाहानामा उनीहरुलाई जस्तोसुकै परिकार तथा खानाहरु खान दिनु ठीक होला तरु आउनुहोस्, हामी आज यसैबारे छोटो जानकारी दिने प्रयास गर्दैछौ ।
बालबालिकाको उमेर शारीरिक तथा मानसिक रुपमा विकसित हुने उमेर हो । अझ अधिकांश शारीरिक तथा मानसिक वृद्धि विकास खानाबाट नै हुने हुदा उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले चाडबाड होस् या अन्य समयमा, हामीले कहिल्यै पनि उनीहरुको खानपिनमा बेवास्ता गर्नुहुदैन ।
उनीहरुलाई हामीले सदैव उनीहरुको वृद्धि तथा विकासमा सघाउ पु¥याउने ताजा तथा स्वथ्यवद्र्धक खानाहरु मात्रै खुवाउनु पर्दछ । तर, बढ्दो बजारीकरण, विज्ञापन र विभिन्न केमिकल मिश्रित खानाका कारण बालबालिका जंक फुडमा धेरै आकर्षित हुने गरेको पाइएको छ । यसका साथै चाडबाडको समयमा प्रायजसो अभिभावकले पनि आफ्ना बालबालिकालाई मन लागेका खानाहरु खानमा छुट दिने गरेको सम्म पनि देखिन्छ ।
बालबालिकाको स्वास्थ्यलाई ख्याल नै नगरी दिइएको त्यस्तो खानाले उनीहरुको स्वाथ्यमा प्रत्यक्ष रुपमा नकरात्मक असर पु¥याउने कुराहरुप्रति अभिभावकहरु अनभिज्ञ रहेको देखिन्छ । यसैगरि कतिपय अवस्थामा बालबालिकाको जिद्दिका कारण अभिभावकले उनीहरुलाई त्यस्ता खानामा छुट दिने गर्दछन् । त्यस्ता प्याक गरी राखिएका जंक फुडहरुमा हाई क्यालोरी बढी पाइने भएकोले यसले उनीहरुको शरीरमा नकरात्मक असर पारी बौद्धिक वृद्धि विकासमा समेत असर पार्दछ ।
त्यसैले हामीले उनीहरुलाई विभिन्न चाडबाडको समयमा मात्र नभई अन्य समयमा पनि त्यस्ता खानाहरु खान छुट दिनु हुदैन । तर, अन्य समयमा ताजा तथा स्वस्थयवद्र्धक खानाहरु खुवाइएता पनि चाडबाडमा चाहिँ बालबालिकाको खानपिनमा कसरी ध्यान दिने भन्ने अन्योलता अधिकांश अभिभावकहरुको रहेको पाइएको छ । त्यस्ता अन्योलता तथा चिन्तालाई निम्न उपायद्धारा दुर गर्न सकिन्छः
-नियमित झैं घरमै निर्मित खानालाई विशेष प्राथमिकता दिने
-चिल्लो, पिरो तथा मसालेदार खानाहरु समावेश नगर्दिने
-एकैचोटी भन्दा पनि पटक पटकमा सन्तुलन मिलाएर खाना खान दिने
-फलफुल तथा तरकारीमा विशेष जोड दिने
-ताजा तथा स्वस्थ्यवद्र्धक खाना मात्रै खुवाउने
-बजारमा उपलब्ध पेय पदार्थको सट्टामा कागती सर्वतको प्रयोग गराउने
-चाडबाडको समय भन्दैमा जे भेट्यो र जे छ त्यही खान दिने गर्नु हुदैन
-बाहिर लैजादा बालबालिकालाई घरमा नै पेटभरि खानाहरु खुवाएर मात्र लैजाने । यसो गर्नाले उनीहरु पेटभरि भएकाले आफन्तका जादा वा बाहिर जादा बाहिरका खाना तथा अन्य खानाहरुको माग नगर्ने हुन्छन् ।