काठमाडौँ– नेपाल तरुण दलले मसाल जुलुसक निकालेको छ ।
दलका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाको संयोजकत्वमा दलले सबै खाले भष्ट्रचारको छानबिन, सहकार्री गठीको छानबिन र प्रेश स्वतन्त्रता को पक्षमा गंगबुस्थितमसाल जुलुस निकालेको हो।
मसाल जुलुसपछिको कोण सभामा बोल्दै थापाले न सत्ता पक्ष न प्रतिपक्ष भष्ट्रचारीलाई निष्पक्ष कारवाही गर्न माग गरे। ‘हिजो समाजमा गलत काम गर्ने फटाहहरु मुख थुनेर लुकेर हिड्ने गर्थे । तर, आज चर्को स्वरमा ट्राई सुट लगाए भगवानको रुपमा समाजमा ठग्किो धन्दा गर्ने गिरोह नै हाबी भएको छ’, उनले भने ।
कान्तिपुर दैनिकका कैलास शिरोहिया प्रकाउ प्रकरणप्रति लक्षित गर्दै स्वयम् गृहमन्त्री रबि लामिछानेको दोहोरो पासपोर्ट र सहकारी ठगीको सप्रमाण सहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा प्रकाउ गर्नु गलत भएको जनाउँदै उनले नेपाली कांग्रेस प्रेश स्वतन्त्रताको पक्षमा रहेको बताए ।
मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदिप थापा,सुमन गिरि पुष्कर बास्तोला,पशुपति पोखरेल उमेश श्रेष्ठ,सेतेमान तामाङ,पार्टिका महासमिति सदस्यहरु शुलिल भट्ट,सानुकाजि प्रजापति नेबिसघका केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति रहेको नेबिसघ केन्द्रीय सदस्य विजय ढुङ्गानाले जानकारी दिए ।