काठमाडौँ – सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्ने काम भएकाले प्रतिरोधमा उत्रन आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले राज्यसता कब्जा गर्ने र निर्दोष व्यक्तिलाई फसाउने सरकारको नियत देखिएकाले प्रतिरोधमा उत्रन आग्रह गरेका हुन् । उनले आफुलाई अदालतले न्याय दिनेमा निर्धक्क रहेको समेत बताए ।


ADVERTISEMENT

# # #


केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउने उल्लेख गर्दै उनले अहिलेको सरकार ढाल्नका लागि घर–घरबाट बाहिर निस्कनुपर्ने अवस्था आउने जिकिर गरे । ‘यो सरकारका विरुद्ध देशभरिबाट उभिन आह्वान गर्छु, मेरो लागि होइन, देशको लागि । अदालतले मलाई न्याय दिन्छ भन्ने विश्वास छ ।’ उनले भने, ‘तर, केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ ।’

भ्रष्टाचारीलाई संरक्षण गर्दै सहकारी ठगलाई संरक्षण गर्ने काम भएको भन्दै लामिछानेले डेढ वर्ष लगाएर केपी ओलीबिरुद्ध छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारको जगमा उभिएको व्यक्ति पुष्टि हुने दाबी गरे ।

उनले केपी ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य रहेको टिप्पणी समेत गरे ।