काठमाडौँ – पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिताको तेश्रो संस्करण आगामी कार्तिक २४ गते आयोजना हुने भएको छ ।


ADVERTISEMENT


आयोजक हिमालयन टुरिजम फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी गराएको हो । कार्तिक २४ गते बिहान साढे ८ बजे खेलको उद्घाटन हुने प्रतियोगिताका मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दौड, साइकलिङ र बोटिङ सहित ५० किलोमिटरको दुरी पार गर्नुपर्ने प्रतियोगीतामा चार विधा रहने आयोजकले जनाएको छ, जस अनुसार टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह रहेका छन् । पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैया पुरस्कार तोकिएको छ । यस्तै, दोस्रो हुनेको लागि ३ लाख ४३ हजार ८ सय र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय राशी पुरस्कार तोकिएको पहारीले बताए ।

त्यस्तै यसैगरी च्यालेन्स समूहमा प्रथमका लागि १ लाख ५२ हजार ८ सय , दोस्रोका लागि १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय प्रदान गरिने आयोजकले जनाएको छ । विद्यार्थी दौडमा प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैया पुरस्कार राशी रहेको छ । चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगर समेत प्रतियोगीताको आयोजक रहेको हिमालयन टुरिजम फोरमले जनाएको छ ।