काठमाडौँ – सार्वजनिक नीति तथा विधायन समितिको बैठकमा प्रत्यायोजित विधायन समितिको बैठकमा सासंदहरुले निकुञ्जको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
संघीय संसद् सचिवालय सिंहदरवारमा मंगलबार बसेको बैठकमा सहभागी सांसदहरुले राष्ट्रिय निकुञ्जको अनुगमन संरक्षणमा जोड दिन सरकारको ध्यानकर्षण गराएका हुन् । राष्ट्रिय सभाका सासंद युवराज शर्माले राष्ट्रिय निकुञ्जहरु जनताका लागि चुनौति भन्दा पनि अवसर बन्नुपर्ने बताए ।
यस्तै उनले बाँके राष्ट्रिय निकुञ्जको सम्बन्धमा जनताको आर्य आर्जन बन्न नसकेको बाघको वृद्धिले मानवबीच द्वन्द्व बढेको बताए । वन अधिग्रहण गरी बसोबास गरेकाहरुलाई लालपुर्जाको समस्या, वन ऐनले क्षेत्रीय प्रसारणमा बाधा पुत्याएको विषय उठेको उनले समितिमा जानकारी गराए ।
यस्तै राष्ट्र्यि सभाका सासंद रेनु चन्दले जलवायु परिर्वतनका कारण नेपाल जस्तो मुलुकले भोगिरहेको समस्याहरुको बारेमा सरकारको ध्यानकर्षण गराए । आउँदो नोभेम्बरमा हुने कोपको बैठकमा जलवायुबाट नेपालले व्यहोरको क्षतिको बारेमा जानकारी गराउन र वन ऐन संशोधनका विषयमा गम्भीर भएर लाग्न सरकारलाई आग्रह गरे ।
बैठकमा सहभागी सांसदहरुले निकुञ्जमा बसोबास गरिहेको वस्तीलाई व्यवस्थित बनाउन आग्रह गरेका थिए । निकुञ्जलाई जनताको लागि चुनौति भन्दा पनि अवसरको रुपमा विकास र व्यवस्थापन गर्नुपर्नेमा सासंदहरुले जोड दिएका छन् ।



























































