काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको बताएकी छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले देशको विग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको उनको जिकीर छ । हालैको बाढीपहिरोपछिको उद्दार, राहत र सडक सञ्जाल छिट्टै सञ्चालन गर्न सफल भएको उनले बताइन् ।

मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारवाहीको सुरुवाती संकेत निकै राम्रो भएको दावी गरिन् । उनले कानूनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानविन भएको जनाइन् ।