काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९० जना सम्पर्कविहीन भएका छन्। बाढीका कारण आयोजनाका संरचना तथा पहुँचमार्गमा क्षति पुगेपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो।


ADVERTISEMENT


सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रमा स्थलमार्गसँगै हवाई माध्यमबाट समेत खोजी तथा उद्धारलाई तीव्र बनाइएको छ। सरकारले सम्पर्कविहीन सबैको अवस्था पत्ता लगाउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।