काठमाडौँ – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको एकै इनिङमा सर्वाधिक रनको विश्व कीर्तिमान भंग भएको छ । बुधबार आईसीसी विश्वकप अफ्रिका छनोट अन्तर्गत गाम्बियाविरुद्धको खेलमा जिम्बाब्बेले नेपालको रेकर्ड तोडेको हो ।


ADVERTISEMENT


केन्याको नैरोबीमा पहिले ब्याटिङ गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको हो । यसअघि नेपालले २०२३ मा चीनमा भएको एशियाली खेलकुदका क्रममा मंगोलियाविरुद्ध २० ओभरमा ३१४ रन बनाएको थियो । जिम्बाब्बेले करिब १ वर्षको अवधिमै उक्त कीर्तिमान तोडेको हो ।


ADVERTISEMENT

# # #


यस्तै जिम्बाब्बेले एकै इनिङमा सर्वाधिक छक्काको नेपालको विश्व कीर्तिमान पनि तोडिदिएको छ । नेपालले मंगोलियाविरुद्ध २६ छक्का ठोकेको थियो । जिम्बाब्बेले गाम्बियाविरुद्ध २७ छक्का प्रहार गरेको हो ।

यसक्रममा जिम्बाब्बेका सिकन्दर राजाले टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान समेत बराबरी गरेका छन् । उनले ३३ बलमा नै शतक पूरा गरेका हुन् । नटआउट रहेका उनले ४३ बलमा १५ छक्काको मदतमा १३३ रन बनाएका हुन् ।

यसअघि गत वर्ष नामिबियाका निकोल लफ्टी इटनले ३३ बलमा शतक बनाउँदै नेपालका कुशल मल्लको ३४ बलको शतकको विश्वकीर्तिमान भंग गरेका थिए । जुन राजाले बराबरी गरेका हुन् ।