पोखरा– सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ उनीहरुलाई आज बिहान कार्यालय खुलेसंगै अदालत उपस्थित गराइएको हो ।
उनीहरुको बहस कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा सुरू भएको बताइएको छ ।


























































