काठमाडौँ – बम रहेको भन्दै सूचना आएपछि काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा खानतलासी सरु भएकोछ । आइतबार भारतबाट उक्त सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थपमा पुगेपछि प्रहरी र सेनाले जहाजलाई रोकेर चेकजाँच चालेको हो ।
एयर इण्डिया अपरान्ह ३ः१२ बजे अवतरण गरेको विमानमा दिल्ली फर्किनका लागि १६९ मध्ये ४० जना यात्रु चढिसकेका थिए । तर, एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर फोन आएपछि चढेका यात्रुलाई ओरालेर विमानमा चेकजाँच सुरु भएको विमानस्थल स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
बम राखिएको हल्लाले किन सताइरहेको छ भारतीय विमानलाई ?
यसअघि गत मंगलबार मात्रै दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको जहाजमा बम राखिएको भन्दै सूचना आएपछि प्रहरी र सेनाको टोलीले विमानमा खानतलासी गरेको थियो । तर, अनुसन्धान गर्दा कुनै शंकास्पद वस्तु फेला नपरेपछि विमान यात्रु बाकेर दिल्ली फर्किएको थियो ।
भारतीय विमान कम्पनीलाई बम राखिएको हल्लाले पटकपटक सताउने गरेको छ ।