काठमाडौँ – नेपाल स्कट एक्सचेन्ज (नेप्से) लगातार दोस्रो दिन भारी अंकले बढेको छ । सोमबार २७ अंकले बढेको नप्से मंगलबार ४६.६९ अंकले बढ्दा परिसूचक २ हजार ६९२.५ अंकमा पुगेर रोकिएको हो ।


ADVERTISEMENT


सबै उपसमूह बढ्दा कारोबार पनि बढेको छ । आज विभिन्न ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६ अर्ब १२ करोडमा कारोबार भएको हो । आज २७१ कम्पनीको शेयर बढ्दा ३५ कम्पनीको शेयर आरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।


ADVERTISEMENT

# # #


निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो । बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे ।

आज सबै भन्दा बढी सीतकोशी विकास बैँक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखारी साना जलविद्युत आयोजनाको शेयर मूल्य समान १० प्रतिशतले बढ्यो । यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स र कर्पोरेट विकास बैँककोको शेयर मूल्य समान ९.९८ प्रतिशत बढयो भने समाज लघुवित्तको शेयरमा ९.१८ प्रतिशतको वृद्धि भयो ।

यस्तै सेन्ट्रल फाइनान्सकिो शेयर मूल्य १.९५ प्रतिशतले बढ्यो भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्यमा १.५७ प्रतिशत कमी आयो । आज ठूला कम्पनीहरुको परिसूचक सेन्सिन्ड ८.३३ अंकले बढ्दै ४८१.२८ बिन्दुमा पुगेको छ ।