काठमाडौँ– साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको अनलाइन बुकिङ टिकट रद्द गरिएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाल–बंगलादेशको खेलको अनलाइन बुकिङ टिकट रद्द गरिएको जनाएको हो । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले बताएको छ ।
एन्फाका अनुसार बुधबार बिहान टिकट बिक्री खुला गरिने छ । दर्शकले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानसहित तीन ठाउँबाट टिकट खरिद गर्न सक्नेछन् भने एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिनसक्ने जनाइएको छ ।


























































