काठमाडौँ– अमेरिकामा भएको निर्वाचनको मतगणना यतिबेला जारी छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस मैदानमा उत्रिएका छन् । मङ्गलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ ।
अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी छ । ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । तर, कैयौं राजयमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् । यसैबीच दुई मुख्य राज्यमा भने डोनाल्ड ट्रम्पले विजयी हासिल गरिसकेका छन् ।
अमेरिकामा मतदाताको प्रत्यक्ष भोटबाट राष्ट्रपति चुनिंदैनन् । त्यसैले यहाँ चुनावी नतिजा आउन समय लाग्ने बुझिएको छ ।