काठमाडौं- बाढी तथा विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिमेक्स इंक प्रालिले ७ करोड रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


सिमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको समेत सहभागिता थियो।


ADVERTISEMENT

# # #


विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै अर्थमन्त्री वाग्लेले सिमेक्स इंक प्रालिको सहयोगप्रति सम्मान तथा आभार व्यक्त गरेका छन्।

कम्पनीले विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।