काठमाडौं- देशका विभिन्न जिल्लामा आएको विनाशकारी फ्ल्यास फ्लडबाट प्रभावित नागरिकका लागि MAW Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायतका क्षेत्रमा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै समूहले प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम योगदान गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


MAW Group का अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्को कठिन समयमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए। उनले बाढीबाट भएको मानवीय क्षतिको पीडा कुनै सहयोगले मेटाउन नसके पनि प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।

समूहले बाढीमा ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका नागरिकप्रति सहानुभूति प्रकट गरेको छ।

साथै, वर्तमान संकट तथा आगामी दिनमा समेत राहत, उद्धार र पुनःस्थापनाका कार्यमा नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता MAW Group ले जनाएको छ।