विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


केही दिन अघि प्रदेश मन्त्रिपरिषद्को स्वीकृति नलिइकन जापान भ्रमणमा गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए।