काठमाडौँ – युएईमा आजदेखि सुरु भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एशिया क्षेत्र छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई १०३ रनको चुनौती दिएको छ ।
दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा थाइल्याण्डले टस हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक रन बनाइन् । सो क्रममा उनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।
यस्तै सोनी पाख्रिनले २५ बलमा १ चौकाको मदतमा १९ रनको योगदान गरिन् । सोनीले तेस्रो विकेटका लागि कप्तान पूजासँग मिलेर महत्वपूर्ण ५२ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनायो । यस्तै सीमा केसीले १९ बलमा २ चौकाको मदतमा नटआउट १९ रन बनाइन् भने अलिसा कुमारी यादव र साबित्रा धामीले समान ७–७ रनको योगदान दिए ।
बलिङतर्फ थाइल्याण्डकी चरुकान सइमाले सर्वाधिक २ विकेट लिइन् भने सुनिका बोङ्कोटफोङ्गाम्पाईले एक विकेट हात पारिन् । नेपालले ३ विकेट रनआउटका रुपमा गुनायो । थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ ।
नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।