काठमाडौँ– कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीको जालोमा तानिएका छन् । उनीविरुद्व जापानमा हुने कार्यक्रममा मानव तस्करी गरिएको खुलेको छ ।


ADVERTISEMENT


अधिकारीलाई जापानमा हुने सांस्कृतिक कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएको थियो । सरकारको स्वीकृतीबिनै जापान लागेका अधिकारीसंगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोजेको खुलेको छ । यस घटनामा संलग्न सात जना पक्राउ समेत परेका छन् ।


ADVERTISEMENT

# # #


नक्कली सचिवालय कर्मचारी बनेर जापान भ्रमणमा जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना रहेको बुझिएको छ । यस सन्दर्भमा मन्त्री अधिकारीले भने आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको स्वीकारेका छन् । उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत रहेको उनको जानकारी दिए ।

यसबारे थाहा पाएपछि आफू एयरपोर्टबाटै फर्किएको बताउदैँ अधिकारीले भने, ‘मानव तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ । म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन् ।’

घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि पुष्टि गरेको छ । आफूप्रति भएका नकारात्मक टिका टिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरूले जनताकै बिचमा जाँदा पनि आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानेरै आफूले राजीनामा दिएको अधिकारीको दाबी छ ।

केही दिन अघि प्रदेश मन्त्रिपरिषद्को स्वीकृति नलिइकन जापान भ्रमणमा गएपछि अधिकारीको चर्काे आलोचना भएको थियो । यसैक्रममा उनले घटनाका संलग्न गिरोह पक्राउ परेपछि उनले आजै राजीनामा दिएका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ ।