काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै
काठमाडौँ, २२ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात् अस्ताउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे ।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।