सारा स्मिथ, बीबीसी – पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षपछि फेरि चुनाव जितेर अमेरिकाको अर्को राष्ट्रपति बन्न लागेका छन् । यो स्पष्ट रूपमा अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा नाटकीय पुनरागमन मध्ये एक हो। ह्वाइट हाउस छोडेको चार वर्षपछि लाखौं अमेरिकी मतदाताले आफ्नो समर्थन दिएर ट्रम्पको पुनरागमनको पुष्टि गरेका छन्।


ADVERTISEMENT


उनको चुनावी अभियान पनि आफैमा एउटा इतिहास हो । किनकी यस अवधिमा दुई पटक उनको हत्याको प्रयास भयो। अर्कोतर्फ उनका मुख्य र प्रारम्भिक प्रतिद्वन्द्वी, वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले चुनाव हुनु केही हप्ता अघि आफ्नो उम्मेदवारी छोडे र कमला ह्यारिस डेमोक्रेटिक पार्टीको उम्मेदवार बनिन् ।


ADVERTISEMENT

# # #


अमेरिकाका महत्वपूर्ण चुनावी राज्यहरूमा मतदाताहरूले ट्रम्पलाई मतदान गर्ने निर्णय गरे, जसमा धेरै मतदाताहरूको लागि अर्थव्यवस्था र आप्रवासीहरूको मुद्दा सबैभन्दा महत्त्वपूर्ण थियो।

उनको राजनीतिक विश्वसनीयतामा ठूलो गिरावट आएपछि ट्रम्पको पुनरागमन भएको हो। उनले २०२० को चुनावको नतिजा स्वीकार गर्न इन्कार गरेका थिए, जसमा उनी जो बाइडेनसँग पराजित भएका थिए।

ती चुनावको नतिजा उल्ट्याउन र अमेरिकी राष्ट्रपतिको पद नछोड्ने उनको प्रयासको आज पनि मूल्याङ्कन भइरहेको छ। ट्रम्पलाई जनवरी ६, २०२१ मा क्यापिटल हिल्समा हिंसाका लागि समर्थकहरूलाई कथित रूपमा उक्साएको आरोप पनि लगाइएको थियो।

व्यवसायिक रेकर्ड हेरफेर गरेको र अन्य केही मुद्दामा दोषी पाइए पनि उनी अमेरिकामा राष्ट्रपतिको पद सम्हाल्ने पहिलो व्यक्ति बन्नेछन्। डोनाल्ड ट्रम्प किन धेरै ध्रुवीकरण गर्ने व्यक्ति हुन् भनेर बुझ्न गाह्रो छैन।

आफ्नो चुनावी अभियानमा, ट्रम्पले बारम्बार भडकाऊ बयान दिए, कच्चा ठट्टा गरे र आफ्ना राजनीतिक विरोधीहरू विरुद्ध बदला लिने धम्की दिए।

अर्थतन्त्रको विषयले मन छोयो

जब यो ट्रम्पको कुरा आउँछ, केही व्यक्तिहरूको बीचको बाटो अपनाउँछन् । यस अभियानको क्रममा हामीले कुरा गरेका अधिकांश मतदाताहरूले ट्रम्पले ‘उनको फोहोरी कुरा बन्द गरून् भन्ने चाहन्थे’ तर मानिसहरूले उनको त्याके कुरा भन्दा भन्दा पर देख्न चाहिरहेका थिए ।

यसको सट्टा, मानिसहरूले प्रत्येक र्‍यालीमा ती प्रश्नमा ध्यान दिए, जुन ट्रम्प आफ्ना प्रत्येक र्यालीमा सोध्ने गर्थे, ‘के तपाईं दुई वर्ष अघिको तुलनामा राम्रो अवस्थामा हुनुहुन्छ ?’

डोनाल्ड ट्रम्पलाई भोट हाल्ने धेरै मानिसहरूले हामीलाई भने कि उनीहरूले ट्रम्प राष्ट्रपति हुँदा अर्थव्यवस्था धेरै राम्रो अवस्थामा थियो भन्ने महसुस गरे, जबकि अहिले उनीहरू अहिले आफ्नो आवश्यकता पूरा गर्ने प्रयासमा थाकेका छन् ।

यद्यपि, अमेरिकामा महंगीको पछाडि कोभिड–१९ महामारी जस्ता बाह्य कारणहरू बढी महत्त्वपूर्ण छन्, जसका लागि मानिसहरूले वर्तमान अमेरिकी प्रशासनलाई दोष दिइरहेका छन्। अमेरिकी मतदाताहरू पनि गैरकानूनी आप्रवासीहरूको बारेमा गहिरो चिन्तित थिए, जुन बाइडेनको शासनकालमा रेकर्ड स्तरमा पुग्यो।

अमेरिकामा चुनावको समयमा मानिसहरूले सामान्यतया ट्रम्प र उनका समर्थकहरूले दाबी गरेझैं जातिवादी विचारहरू व्यक्त गरेका थिएनन् वा आप्रवासीहरूले स्थानीय मानिसहरूका घरपालुवा जनावरहरू खाइरहेका थिए भनेर विश्वास गरेका थिएनन्। तर जनता पक्कै पनि सीमामा कडा निगरानी चाहन्थे।

‘अमेरिका फर्स्ट’ नारा

‘अमेरिका फर्स्ट’ यी चुनावहरूमा ट्रम्पको नारा थियो, जुन वास्तवमा मतदाताहरूसँग सबैभन्दा बढी जोडिएको थियो। देशैभरि जताततै हामीले युक्रेनलाई समर्थन गर्न खर्च गरिएको अरबौं डलरको बारेमा मानिसहरूले गुनासो गरेको सुन्यौं। मानिसहरूले विश्वास गरे कि युक्रेन भन्दा अमेरिकामा पैसा खर्च गर्नु राम्रो हो।

अन्तमा, त्यस्ता मानिसहरूले कमला ह्यारिसलाई भोट दिन सकेनन्, जसले चार वर्ष उपराष्ट्रपतिको रूपमा बिडेनसँग काम गरिन् । मानिसहरुले सोचे कि कमलालाई निर्वाचित गर्नु पनि उस्तै हो, जबकी उनीहरु परिवर्तन चाहन्थे ।

यो चुनावको सबैभन्दा ठूलो विडम्बना मध्ये एक हुन सक्छ कि जुन उम्मेदवारले परिवर्तनलाई सबैभन्दा बढी समर्थन गरे, उनी स्वयम् पनि चार वर्षअघि सत्तामा थिए । यद्दपि त्यतिबेला र अहिलेको बीचमा धेरै भिन्नता छन् ।

यी मध्ये धेरै सल्लाहकार र कर्मचारीहरूले ट्रम्पलाई ‘झूटा’, ‘फासिस्ट’ र ‘अक्षम’ भनेका छन्। उनीहरुले चेतावनी दिएका छन् कि यदि ट्रम्पले आफूलाई बफादारहरुबाट घेरे भने जुन उनीबाट अनुमान गर्न सकिन्छ, तब ट्रम्पलाई उग्र अभिव्यक्ति र विचारबाट रोक्न कोही हुनेछैन ।

जब उनले पद छोडे, उनले क्यापिटल हिल्स दंगामा उनको भूमिका, राष्ट्रिय सुरक्षासम्बन्धि कागजातहरू ह्यान्डल गर्ने र पोर्न स्टारलाई पैसा भुक्तान गर्ने सम्बन्धमा धेरै आपराधिक आरोपहरू सामना गरेका थिए ।

 मतदाताका अगाडि थिए देशका दुई वटा तस्बिर

डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा मतदाताहरूलाई आफ्नो देश असफल राष्ट्र भएको र त्यसलाई फेरि महान बनाउन सक्ने बताएका थिए। यसैबीच कमला ह्यारिसले ट्रम्पले चुनाव जिते भने अमेरिकी लोकतन्त्रको अस्तित्व खतरामा पर्ने चेतावनी दिएकी थिइन् ।

यद्यपि यो हेर्न बाँकी छ, तर, ट्रम्पले आफ्नो चुनावी अभियानमा जे भनेका थिए, त्यसले मानिसहरूको डरलाई पूर्ण रूपमा हटाउन सकेको छैन । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन जस्ता अधिनायकवादी नेताहरूको प्रशंसा गरे।

‘उनीहरु आफ्नो खेलको शीर्षमा छन्, चाहे तपाइँ उनीहरुलाई मन पराउहोस् वा नपराउनुहोस्’, ट्रम्पले भनेका थिए । उनले प्रेसमा आलोचकहरूलाई चुप लगाउने प्रयासको बारेमा कुरा गरे। निर्वाचनको केही दिनअघि उनले सञ्चारमाध्यमका मान्छे मारिएमा आफूलाई केही फरक पर्दैन भन्ने टिप्पणी पनि गरेका थिए ।

ट्रम्पले चुनावी प्रचारका क्रममा षड्यन्त्र सिद्धान्त र चुनावी धाँधलीको आधारहीन दावीहरू जारी राखे। यद्यपि अन्तिममा उनले चुनाव जितेका छन् । अब अमेरिकी मतदाताहरूले थाहा पाउनेछन् कि ट्रम्पले चुनावी अभियानका क्रममा जे पनि भनेका थिए त्यो बेकारको कुरा थियो, ‘ट्रम्प त ट्रम्प नै हुन्।’

ट्रम्पको दोस्रो कार्यकालको वास्तविकता अमेरिकी मतदाताले मात्र सामना गर्नुपर्दैन भन्ने कुरा हामीले सम्झनुपर्छ। ‘अमेरिका फर्स्ट’को वास्तविक अर्थ के हो, अब बाँकी संसारले थाहा पाउनेछ।

अमेरिकी आयातमा प्रस्तावित २० प्रतिशत ट्यारिफको विश्वव्यापी आर्थिक प्रभावदेखि लिएर युक्रेन र मध्य पूर्वमा युद्ध अन्त्य गर्ने ट्रम्पले जुन वाचा गरेको थिए, त्यो के हुुन्छ ? हेर्न लायक हुनेछ ।

डोनाल्ड ट्रम्प आफ्नो पहिलो कार्यकालमा आफ्ना सबै योजनाहरू कार्यान्वयन गर्न सफल भएनन्। अमेरिकी जनताले ट्रम्पलाई दोस्रो पटक जनादेश दिएका छन् । दोस्रो कार्यकालमा ट्रम्पमाथिको दबाब निकै कम हुने विश्वास गरिएको छ ।

त्यसैले अब अमेरिकाले मात्र होइन, पूरै विश्वले नै हेर्न बाँकी छ कि ठूला–ठूला चुनावी वाचा गर्ने ट्रम्पले वास्तवमा के गर्न सक्छन्‌ ?