काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक डाकेको छ । बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने गरी बोलाइएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार, बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।”उनले भने ।


ADVERTISEMENT

# # #


बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा पनि छलफल हुने उनको भनाई छ ।