काठमाडौँ– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ ।