काठमाडौँ– भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी भ्रमणका लागि नेपाल आउने भएका छन् ।


ADVERTISEMENT


प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणका लागि आउन लागेको जनाएको हो ।


ADVERTISEMENT

# # #


नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार, द्विवेदी पाँच दिनसम्म यहाँ रहनेछन् । सो दौरान द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन् ।

साथै उनले प्रधान सेनापति महारथ अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हेड क्वाटरको भ्रमण समेत गर्ने बुझिएको छ ।

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, उनले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री तथा माननीय रक्षा मन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।