काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महशुल नबुझाएका उद्योगहरुको लाइन पुन जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताएका हुन् । यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुन बमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढेको उनले बताए ।


ADVERTISEMENT

# # #


ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको अवस्थामा उद्योगीहरुले बक्यौता तिर्नेपर्ने उनले बताए । उनले अब ट्रक तथा डेडिकेटेड विद्युत् महसुल दिर्घकालीन रुपमा नै समाधान हुनुपर्ने धारणा राखे । ट्रक तथा डेडिकेटेड विद्युत् महशुसको बिषय सरकार, प्राधिकरणमात्रै नभइ आमजनसरोकारको बिषय भएको उहाको भनाइ छ ।

घिसिङले बिभिन्न समस्याका कारण अहिले अन्य विद्युत महसुल उठाउन पनि समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने उल्लेख गरे । त्यस्तै उनले विद्युत महशुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरुले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए ।