काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी थालेको छ ।
आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सभापति रवि लामिछाने केन्द्रित ज्ञापनपत्र बुझाउने निर्णय भएको प्रवक्ता मनिष झाले बताए ।
त्रापनपत्रबारे जानकारी पठाएपनि अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ नआएको उनको भनाई छ । ‘प्रधानमन्त्रीले समय दिएलगत्तै सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छौँ’, उनले भने ।
सहकारी रकम अपचलनको आरोप पक्राउ परेका सभापति लामिछानेलाई प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाको आरोप छ । सरकारको यसै कदमविरुद्व रास्वपाले आन्दोलन समेत गर्दे आएको छ ।



























































