काठमाडौँ – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साना दलका कारण मुलुक अस्थिर भएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार ललितपुरमा नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता सिंहले जनताले म्यान्डेड दिएका ठूला दल भन्दा पनि साना दलको नेतृत्वमा पटक पटक सरकार बन्ने र सरकार परिवर्तन हुदा मुलुक अस्थिरतातर्फ गएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ठूला दल मिलेर बनेको सरकारले पनि केही गर्न नसके जनतामा थप निराशा छाउने भएकाले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको भन्दै आगामी दिनमा मुलुकलाई विकास र समृद्धितर्फ लैजान पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

उनले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्र भएका समस्याका साथै कमी कमजोरीहरु हल गर्दै अघि बढ्नुपर्ने बताए ।