काठमाडौँ– नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ ।


ADVERTISEMENT


आज एक समारोहबीच नेपालले पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्दै विद्युत निर्यातको उद्घाटन गरिएको हो । समारोहमा नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा रहेको थियो ।


ADVERTISEMENT

# # #


नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गरिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ ।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्ने सम्झौता भएको जनाइएको छ । यसमा भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्नेछ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।