काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छाडेपछि आफूले ‘कम्फर्ट’ महशुस गरेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महशुस गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै हाल मुलुकलाई पछाडी फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने उनले जनाए । ‘केहिकेहिमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको छ’, उनले भने, ‘विगतको जस्तो संविधान मिच्ने वा संसद विघटन गर्ने कसरतबाट सजक रहौँ ।’

राजावादीहरुले जनतामा फैलिएको असन्तुष्टीलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमततर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनको भनाई छ । गिरिजाप्रसाद कोइरालाले मृत्युशैयामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधै स्मरण गर्ने जनाउदैँ उनले अहिले बाघको छालामा स्यालको रजाईं हुन खोजेको हो की भन्ने आभाष हुने भएपनि त्यसलाई सफल हुन नदिने बताए ।

माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने उनको भनाई छ । आफु मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएकोतर्फ आफु जानकार रहेको उनको भनाई छ ।