चितवन– भरतपुरमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ बैंकले शनिवार भरतपुर महानगरपालिका–६ गीतानगर बजारस्थित नयाँ शाखाको उद्धघाटन गरेको हो ।
बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेको कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरे ।


ADVERTISEMENT

# # #


समारोहलाई सम्बोधन गर्दै बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेकोे जानकारी गराए ।

बैकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनु हुन बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायिक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे ।

पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तरवृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए । साथै, कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिए ।

बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरि सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकका तर्फबाट फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए । सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य गरेका थिए ।

यस्तै बैकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्कीले बैकका विषयमा प्रकाश पारेका थिए । भने बैकका बरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं. ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल, लगायतको विशेष सहभागी थियो ।

बैकमा झण्डै ३ लाख शेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ । भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।