काठमाडौँ – प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको (प्राथमिक शेयर) आईपीओ आउने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु केवलकारको रु. ३० करोड बराबरको आईपीओ निष्काशनका लागि कुमारी क्यापिटलले सम्पर्ण आवश्यक कार्य गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


प्रभु केबलबारमा प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ कम्पनीको लगानी रहेको छ ।

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ ।

उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरिसकेका छन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो ।

यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै, यस प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।

यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा रु.५ करोड भन्दा बढी मुनाफा आर्जन गरेको छ ।