बीबीसी हिन्दी – जब सन् १९९२ मा टिभीमार्फत उदाएका नयाँ हिरो शाहरुख खानको फिल्म ‘दीवाना’ रिलिज भयो, तब एउटा होनहार स्टारले मुटुमा ढुकढुक गरेको जस्तो लाग्थ्यो । आफ्नो लापरवाह र विद्रोही मनोवृत्तिको साथ राजा (शाहरुख)ले ‘दीवाना’ मा मात्र होइन, जनताको हृदयमा पनि प्रवेश गरे।


ADVERTISEMENT


यी नायकले सन् १९९३ मा ‘बाजीगर’ र ‘डर’ एकपछि अर्को रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चाए । यद्यपि आज शाहरुखलाई रोमान्सको राजा भनिन्छ तर शाहरुखले रोमान्सबाट होइन, खलनायक बनेर सफलताको पहिलो खुड्किलो चढे ।


ADVERTISEMENT

# # #


सन् १९९३ मा एन्टी हिरोको रुपमा सुरु भएको ‘बाजीगर’ को यो निरन्तरता २०२३ मा रिलिज भएको ‘जवान’ सम्म पुगेको छ । यसको अर्थ शाहरुखले तीस वर्षको अन्तरालमा दुई प्रकारका ‘एन्टी हिरो’को यात्रा गरेका छन् ।

विश्वव्यापी रोमान्टिक नायक

वरिष्ठ चलचित्र पत्रकार नम्रता जोशी भन्छिन्, ‘बाजीगर र ‘डर’मा शाहरुखको एन्टी हिरो (भिलेन) इमोशन उनको केटीप्रतिको प्रेमबाट प्रेरित थियो । तर पछि उनले यो नकारात्मक छवि छोडे र एक सुन्दर, विश्वव्यापी, शहरी रोमान्टिक नायकको अनुहार अपनाए।

‘पछिल्ला केही वर्षहरूमा, जब उनले आफूलाई पुनः आविष्कार गर्ने प्रयास गरे, उनका फिल्महरूले काम गर्न छोडे। २०२३ मा, हामी भन्न सक्छौं कि ‘पठान’ र ‘जवान’ मार्फत उनले आफूलाई पुनः आविष्कार गर्न सक्षम भए । यो हिन्दी सिनेमाका लागि नयाँ कुरा हो कि हामी जुन अवस्थामा बाँचिरहेका छौं, शाहरुखले जवान जस्ता फिल्ममा शक्तिलाई खुलेर चुनौती दिए ।’

उनले भपिन्, ‘यस किसिमको सत्ता विरोधी अडान लिनु प्रशंसमीय हो । ‘बाजीगर’मा गर्लफ्रेन्डका लागि एन्टी–हिरो बन्नु र त्यसपछि ‘जवान’मा सम्पूर्ण शक्ति र प्रणालीको विरुद्धमा एन्टी–हिरो बन्नु, यी दुईमा आधारभूत भिन्नता छ र यसले शाहरुखको यात्रा झल्काउँछ।’

अब्बास–मस्तानको फिल्म ‘बाजीगर’ ३० वर्षअघि १३ नोभेम्बर १९९३ मा रिलिज भएको थियो । सायद केही सिरियल र एक–दुई फिल्ममा मात्रै गरेका नयाँ नायकले एक यस्ता हत्याराको भूमिका निर्वाह गर्लान्, जो कुनै पश्चाताप बिना नै हत्यापछि हत्या गर्ने व्यक्तिको भूमिका निभाउनेलान् र अनुहारमा चाउरी समेत नआउला भनेर सायद कसैले सोचेका थिएनन् ।

स्टेरियोटाइप तोड्ने प्रयास 

फिल्म इतिहासकार अमृत गंगर भन्छन्, ‘यद्यपि शाहरुखले लिक बाहिर गएर मणि कौलको फिल्म ‘अहमक’बाट आफ्नो अपरंपरागत डेब्यू गरे र ‘माया मेम साहेब’ जस्ता फिल्महरू पनि गरे। ‘सर्कस’ जस्ता सिरियल गरे । ‘बाजीगर’ ठूलो कमर्शियल हिट भयो र उनलाई भिलेन रोलले स्थापित गर्यो।

‘म यसलाई शाहरुख खानको अभिनय क्षमताको प्रमाणको रूपमा हेर्छु, यसले उनको दायरा देखाउँछ। साथै यसले बलिउड कास्टिङमा देखिएका स्टिरियोटाइपहरू तोड्ने शाहरुखको क्षमता पनि देखाउँछ। ‘डर’ मा पनि यश चोपडाले उनलाई नकारात्मक भूमिका दिएका थिए जुन त्यतिबेला नायकका लागि वर्जित मानिन्थ्यो’ उनले थपे ।‘बाजीगर’ को चरित्र यति कालो थियो कि धेरै ठूला नायकहरूले यो भूमिका गर्न अस्वीकार गरे। उद्योगमा नयाँ भए पनि यो जुवा खेल्ने हिम्मत देखाउने नायक शाहरुख थिए ।

बाजीगर’को करिब एक महिनापछि २४ डिसेम्बर १९९३ मा यश चोपडाको ‘डर’ रिलिज भएको थियो, जसमा शाहरुख खानले मानसिक रूपमा अस्थिर केटाको भूमिका निर्वाह गरेका थिए, उनको एकतर्फी मायाले उनलाई पागलपनको त्यो हदसम्म पुर्‍याउँछ जहाँ आफैलाई र आफूले माया गर्नेका लागि पनि खतरा बनिदिन्छन् । आजको शब्दमा भन्ने हो भने ‘डर’का राहुल एक ‘स्ट्रकर’ (शिकारी) थिए।

यश चोपडाले ‘डर’ मा शाहरुखले खेलेको भूमिका त्यसअघि ऋषि कपूरलाई प्रस्ताव गरेका थिए । ऋषि कपूरले आफ्नो आत्मकथा ‘खुल्लम खुल्ला’ मा लेखेका छन्, ‘जब यश चोपडाले मलाई भूमिका दिए, मैले उनलाई भने कि म खलनायकको भूमिकामा न्याय गर्न सक्दिन। मैँले भर्खरै तिमीसँग चाँदनी गरेको छु (जुन रोमान्टिक फिल्म थियो)। ‘खोज’ फिल्ममा मैले नेगेटिभ रोल गरेँ र त्यो फ्लप भयो । तपाईं शाहरुखलाई लिन सक्नुहुन्छ, मैले उनीसँग काम गरेको छु र उनी सक्षम र स्मार्ट केटा हुन्। त्यसपछि त्यो फिल्म आमिर खान र अजय देवगनको हातमा गयो । दुवैले गरेनन्, अन्ततः शाहरुखले त्यो भूमिका गरे ।’

‘बाजीगर’को विक्की होस् वा ‘डर’को राहुल, दुवै पात्रमा शाहरुखले गरेको कामले सामान्यतया तपाईमा घृणाको भावना पैदा गर्नुपर्छ । तर, यी दुवै फिल्मको विरोधाभास थियो कि दर्शकले फिल्मका नायक (सनी देओल) वा अन्य पात्रको पक्षमा नभई शाहरुखको पक्षमा देखिए । यसको श्रेय तपाई पटकथा लेखक वा निर्देशकलाई दिन सक्नुहुन्छ, तर मानिसहरूले त पर्दामा देखिएका शाहरुखलाई मात्रै याद गरे ।

परिवर्तनको दशक

अमृत ​​गंगर भन्छन्, ‘१९९० को दशक परिवर्तनको दशक थियो र मानिसहरूले शाहरुखको व्यक्तित्वसँग आफूलाई जोड्न थालेका थिए । शाहरुखका यी नकारात्मक भूमिकामा प्रेम र कामुकताको भावना मिसिएको थियो ।

‘यी भूमिकाहरूमा एक प्रकारको पागलपन थियो, जुन युवाहरूले खोजिरहेका थिए। उदाहरणका लागि, ‘डर’मा एक भावना देखाइएको थियो जुन हिन्दी फिल्महरूमा कहिल्यै देखिएको थिएन । पर्दामा शाहरुखको ‘चार्म’ एक प्रकारको रहस्य बनेको थियो।’

‘डर’को त्यो दृश्य याद गर्नहोस्, जब मौन राहुल (शाहरुख) आफ्नी आमासँग फोनमा कुरा गर्छन्, जो धेरै पहिले बितिसकेकी छन्, उनी चक्कुले आफ्नो छातीमा किरण लेख्छन्, वा त्यो दृश्य जब जुही चावलाका हुनेवाला श्रीमान सन्नी देओलले बहुरुपी बनेका शाहरुखलाई देख्छन् र उनको पछि भाग्छन्, । जब करिब तीन मिनेटको त्यो रेस चल्छ, शाहरुखको चरित्र गलत छ भन्ने थाहा भए पनि धेरै दर्शक उनकै पक्षमा उभिन्छन् ।

यद्यपि धेरैले यो चरित्रलाई विषाक्त भन्दै फिल्मको आलोचना गरे, तर ‘डर’ होस् वा ‘बाजीगर’ दुवैमा शाहरुखले खलनायकको भूमिका खेलेर आफ्नै लागि स्क्रिप्ट सिर्जना गरे, विशेष गरी जब सबै नायकहरूले यी भूमिकाहरूलाई एकपछि अर्को गर्दै अस्वीकार गरिरहेका थिए ।

शाहरुख खान बने किङ्ग खान 

‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘दिल तो पागल है’, ‘कुछ कुछ होता है’ यी सबै फिल्म पछि आए र शाहरुखलाई किङ खान बनाए । तर किङ्ग खान बन्ने बाटोमा शाहरुखको खलनायकको भूमिकाले उनलाई सफलताको लागि मैदान तयार पारेको थियो । जसले दर्शकलाई एक यस्तो अभिनेतासँग परिचय यगरायो, जोसँग जोखिम मोल्ने साहस थियो । चाहे त्यो ‘अंजाम’ होस्, ‘माया मेमसाब’ होस् वा ‘ओ डार्लिंग ये है इन्डिया’ नै होस् ।

सुपरस्टारडमको यो बाटोमा फूल मात्रै थियो भन्ने होइन, सुरुमा केही फिल्म फ्लप पनि भए । धेरैले फिल्ममा सुपरस्टारको छविबाट हटेर भूमिकामा ढल्न नसकेको भन्दै आलोचना पनि गरे । यसैबीच बक्स अफिसमा सबै रेकर्ड तोडियो । जब हिरोबाट ‘जिरो’मा झरे, तब मानिसहरु भन्न लागे कि अब शाहरुखका दिन सकिए ।

शाहरुख धेरै वर्षदेखि सिनेमाको पर्दामा देखिएनन्, तर टिभीमा ‘विमल’ ‘इयाल्ची’का विज्ञापनहरुमा पक्कै देखिन्थे । यसैबीच उनको भनाइलाई लिएर राजनीतिक हंगामा भयो र उनका छोरा पनि जेल परे । तर, शाहरुख भने मौन रहे ।

सन् २०२३ मा भने शाहरुखले ‘पठान’ र त्यसपछि ‘जवान’ मार्फत आफ्नै शैलीमा जवाफ फर्काए । उनले ‘छोरालाई छुनुअघि बाबुसँग कुरा गर’ भन्दै मौनता तोडे । जवानको यो संवादबाट सबैले आ–आफ्नो राजनीतिक र सामाजिक अर्थ निकाले ।

‘बाजीगर’ र ‘डर’ जस्तै ‘जवान’का आजाद राठौर पनि एक किसिमको खलनायक हुन् । तर, उनी ९० को दशकका खलनायकभन्दा फरक छन् । आजाद राठौरले चेतनशील समूह मार्फत समाजमा फैलिएको भ्रष्टाचारलाई चुनौती दिन्छन्, उनी कानूनलाई आफ्नै हातमा लिन्छन, शासनको कानुन र नियमको उनलाई कुनै फरक पर्दैन। तर, यो खलनायकले ‘बाजीगर’का विक्की वा ‘डर’का राहुललेजस्ता मान्छे मार्दैन, जनताको ज्यान जोगाउँछ ।

तर, नम्रता जोशीको पनि आफ्नै गुनासो छ, ‘जवान सफल भयो तर मैँले फिल्मको त्यत्ति रुची मानेको छैन । यो एक पुरुष–प्रधान फिल्म हो, जहाँ शाहरुख निश्चित रूपमा महिलाहरूले पनि स्थान पाउँछन् भनेर सुनिश्चित गर्ने प्रयास गर्छन्। बरु, म शाहरुखलाई ‘चक दे ​​इन्डिया’ जस्तो फिल्ममा प्राथमिकता दिन्छु । जहाँ उनले महिला टोलीलाई जित दिलाएका छन्। जवानमा लैङ्गिक समानता देखाउने प्रयास भएको छ तर त्यो प्रभावकारी भएको मलाई लाग्दैन ।’

‘बाजीगर’ को निर्माण

कुरा ‘बाजीगर’बाट सुरु भभएको थियो, अब त्यतै लगेर टुंग्याऔँ । फिल्मको सुटिङ डिसेम्बर १९९२ मा सुरु भएको थियो तर त्यसपछि बम्बई हमलाको आगोमा जल्यो र केही महिनापछि फेरि सुटिङ सुरु भयो । फिल्मका लागि श्रीदेवीदेखि माधुरीसम्मका धेरै अभिनेत्रीसँग कुराकानी भएको थियो । तर श्रीदेवी दुई दिदीबहिनी अर्थात् काजोल र शिल्पाको भूमिका निभाउन चाहन्थिन् । तर, निर्देशकलाई लाग्यो, शाहरुखको हातबाट श्रीदेवीजस्तो ठूलो नायिकाको हत्या गराउँदा दर्शकलाई मन नपर्ला ।

फिल्ममा दलीप ताहिलले मदन चोपडाको भूमिका निभाएका थिए, जसको विरुद्धमा अजयसँग बदला लिन शाहरुख खान विक्की अर्थात् बाजीगर बन्छन्। हालै ‘द अनट्रिगर्ड’ नामको पोडकास्टमा दलिप ताहिलले भनेका थिए, ‘म लन्डनको हिथ्रो एयरपोर्टमा थिएँ । एउटी केटी मसँग आएर सोधिन्, ‘बाजीगर’ मा शाहरुख खानलाई किन यति धेरै पिटेको ? आखिर किन ? ती केटी शाहरुखमय भइन् ।’

शाहरुखको उपलब्धि केही हदसम्म ‘बाजीगर’ र ‘डर’का हत्यारा र खलपात्रहरूलाई मानवीकरण गर्नु थियो। यसैबीच शाहरुख कहिले ‘राज’ बनेर आए, भारतीय टोलीको प्रशिक्षक ‘कबिर खान’ बने, मोहन बनेर ‘स्वदेश’ मा फर्किए, ‘पहेली’ मा गाउँका किशनलाल बने, ‘यस बोस’मा चन्द्रमा तारा तोड्ने रहर राखेका ‘राहुल’ पनि बने । ‘हे राम’का अमजद अली खान र ‘जिरो’का बउवा सिंह पनि बने ।

रियल लाइफ र स्क्रिन लाइफको बीचमा रहेका यी क्यारेक्टरहरूमा कसैले शाहरुखमा आफ्नो नायक पाए, कसैले खलनायक र कसैले एन्टी हिरो भेटे ।