काठमाडौँ – इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन अन्तराष्ट्रिय खेलाडी अविरल घिमिरे नेपाल आएका छन् ।
बिहीबार काठमाडौं आएका घिमिरेलाई चन्द्रागिरी नगरपालिका लगायत समर्थकहरुले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरिएको थियो । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् ।
नेपाल बसाइका क्रममा उनले आफ्ना अनुभवहरु खेलाडीलाई आदानप्रदान गर्ने बताइएक छ । काठमाडौं आएपछि घिमिरेले ६ वर्षपछि नेपाल आउँदा निकै खुसी महसुस भएको बताए । उनले हरेक खेलमा चूनौति हुने भएकाले त्यसलाई सामना गर्न आफू तयार रहेको जिकिर गरे ।
घिमिरेले आफू आफ्ना पिता तथा मुख्य प्रशिक्षक देव घिमिरेसंग प्रशिक्षण लिइरहेको जानकारी दिए ।



























































