काठमाडौँ– सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५ इन्चको टि.भी. हस्तान्तरण गरेको छ ।
दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि ल्याइएको ‘उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई’ योजनाअन्र्तगतका भाग्यशाली विजेता सिन्धुली निवासी कोमल बहादुर खत्रीलाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको हो । खत्रीले सेन्सेईको ३२ इन्च टि.भीको खरिद गर्दा लक्की ड्रमार्फत ६५ इन्च को यु.यच.डि टि.भी जितेका हुन् ।
चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो । उक्त योजनामा प्रतिस्पर्धीहरु सेन्सेईको घरायसी समानको खरिदगरी प्राप्त क्युआर कोड स्क्यानमार्फत आफ्नो विवरण भरेर सहभागी भएका थिए ।
चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ, भन्ने कम्पनिले जनाएको छ ।



























































