काठमाडौँ– निर्वाचन आयोगले आगामी १६ गते हुने स्थानिय तह उपनिर्वाचनको प्रचार प्रसार कार्यमा आचारसंहिता विपरित सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आज एक विज्ञप्ति जारी गर्दैआयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले आचारसंहिता विपरित सवारी साधन प्रयोग नगर्न आग्रह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उपनिर्वाचन प्रचार प्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न/गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशन भइसकेको अवस्थामा पनि सवारी साधनमा लाउड स्पीकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्यहरू भइरहेको भन्ने सूचना प्राप्त भएको जनाइन् । यसरी आचारसंहिता विपरित हुने कार्य नगर्न सबैमा पुनः स्मरण गराउदैँ उनले अन्यथा कानुन उल्लङ्घन गर्नेमाथि कारवाही समेत हुनसक्ने जनाएकी छन् ।

‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचार प्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्या भन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान उल्लेख छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस विपरितको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु.२५,०००/– सम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने चेतावनी समेत उनले दिएकी छन् ।