काठमाडौँ– प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ ।


ADVERTISEMENT


शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारदेखि प्रतिनिधि सभाको सचिवका कार्यभार सम्हालेको ५ महिनामै उनले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् ।


ADVERTISEMENT

# # #


अधिकारीले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका थिए । उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।