काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङतर्फ गएकी हुन् ।
उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री चीन भ्रमणसंगै यतिबेला बीआरआई सर्वत्र चासोको विषय बनेको छ । यससम्बन्धी दलहरुबीच पनि आपसी मतभेद देखिएको छ । तर, बीआरआई सम्बन्धमा कांग्रेस–एमालेबीच मतभिन्नता नरहेको परराष्ट्रमन्त्री राणाको दाबी छ ।
बीआरआईबारे कांग्रेस–एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गर्दै उनले यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको बताइन् ।
परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआई ऋणमा नभईमा अनुदानमा हुने प्रतिबद्वता जनाइन् ।


























































