काठमाडौँ – महानगरपालिकाले सानो गौचरनको फुटबल खेल मैदानलाई पुननिर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार महानगरकी उपप्रमुख सुनिता डंगोलले सानो गौचरनको फुटबल खेल मैदानलाई पुननिर्माणको शिलान्याश गरेका हुन् । खेल मैदान शुभ कन्स्ट्रक्सनले १८ करोड ८६ लाखमा पुनःनिर्माण गर्ने महानगरले जनाएको छ । काठमाडौं महानगर वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सानो गौचरनलाई व्यवस्थित ढंगले पुननिर्माण गरेर सबै प्रतियोगीताहरु सम्पन्न गर्ने गरि तयार गरिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


सानो गौचरनमा कृत्रिम घाँस सहितको खेल मैदान , २८ वटा चारपाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुने बताइएको छ । त्यस्तै सोही परिसरमा फिजियोथेरापी कक्ष, कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र टिम लकर समेत राखिने महानगरले जनाएको छ ।