काठमाडौँ – नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू १६०० र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो ।


ADVERTISEMENT


हिजो सुन प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो । आज प्रतितोला रू १६०० ले बढेर रू एक लाख ५० हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, हिजो चाँदी प्रतितोला रू एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला रू ४५ ले बढेर रू १८४५ कायम भएको छ ।