काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाइईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।


ADVERTISEMENT


‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि थप ५ दिन समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।