काठमाडौँ – रौतहटको  राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरेको आयोगले जनाएको छ ।