काठमाडौँ –काठमाडौँ, महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुन् ।


ADVERTISEMENT


उनका निकटनतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाए भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मतसहित तेस्रो स्थानमा रहे । यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए


ADVERTISEMENT

# # #


यस्तै स्वतन्त्र उम्मेदवारद्वय देवेन्द्रकुमार श्रेष्ठले ४९८ र सम शाक्यले ३३४ मत ल्याए । काठमाडौँ १६ मा यसअघि काँग्रेस विजयी भएको थियो । रास्वपाको स्थानीय तहमा यो नै पहिलो जित हो ।