काठमाडौँ – जनकपुर बोल्ट्सका कप्तान अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । अनिलले सोमबार कर्णाली याक्सविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको चुनौती पच्छ्याउने क्रममा अनिलले ३५ बलमा ६ चौका र २ छक्काको मदतमा ५२ रन बनाए ।


ADVERTISEMENT

# # #